
बाल कुमार श्रेष्ठ काठमाण्डौ|
नेपालि महिलाहरुको बिशेष चाड तीज नजिकिदै गर्दा एक पछी अर्को गीतहरु बजारमा आउने क्रम जारि छ हरेक वर्ष नेपाली दर्शकहरु को पर्खाइ अनि रोजाइको बिषय हो बिष्णु माझि जादुमय आवाज संगै उनको पारिश्रमिक रेट ले गर्दा खेरि थप चर्चा अनि बिबाद दुवै झेलिरहेकी माझि को पुतलीको भट्टी १७ भर्खरै सार्बजनिक भएको हो , उनको भूमिगत जीवनशैली र प्रत्यक्ष भेटघाट बोलचाल गर्न बन्चित माझिको पछिल्लो समय उही एउटा फोटोमा चित्त बुझाउनु परेको आम दर्शक तथा स्वयम् कलाकारहरु उनलाइ देख्न नपाए नी उनको स्वर सुनेर रमाउनी गर्दछन र उनका तारिफ गरेर थाक्दैनन् |
पुतलीको भट्टी १७ चरी जेलैमा नामक तीज बिशेष गित सार्बजनिक भएको २४ घण्टा पनि बितेको छैन सुन्दरमणि अधिकारिको सुन्दर शब्द /संगीत मा सजिएको उक्त गित मौलिकता ले भरिएको छ गाउघरका शब्द अनि गाउले केटि सहरिया केटा संग बिहे गरे पश्चात केटि ले भोगेको कस्टकर जीवनको चित्रण गरिएको यस गित पिजडाको चरी झैँ चेली पराइको बन्धन मा जेलिएको कथा सुन्न सकिन्छ | “चरी जेलैमा” मै छोरी रुदै रुदै बेशि मेलैमा गित सुन्दा आनन्द लाग्ने बनेको छ |
अब कुरा गरौ भिडियो को : दशकौ देखि नेपालि गित संगीत को क्षेत्र मा उच्च स्थान मा रहेका सर्बप्रिय भिडियो निर्देशक शिव बिक को निर्देशकीय खुबी यो गित मा नि उत्तिकै प्रयोग गरेका छन् सुरुवात देखी अन्तिम सम्म सलल बगेको कथा भित्र आकर्षक नृत्य संयोजन हेर्न लायक छ | ललिता पौडेल को मुख्य भूमिका रहेको भिडियो मा सुन्दर मणि अधिकारि को पनि भूमिका रहेको छ शम्भु चालीसे ले खिचेको उक्त भिडियोको सम्पादक सुजन शाही हुन्
हेर्नुस पुरा भिडियो