इनेपाल मिडिया काठमाडौ ।
नेपाली लोकदोहोरी गीत संगीतको बजार अहिले नयाँ नयाँ सिर्जनाले तातिरहेको छ । स्वदेश तथा बिदेश जताततै लोकगीत संगीतको बजार र दर्शक तुलनात्मक रुपमा अन्य बिधाका भन्दा दिनानुदिन बढ्दै गइरहेको छ । यो हाम्रो लागि सुखद पक्ष हो। भर्खरै इनेपाल खबर मार्फत “गाग्री आधा भो” नामक पन्चेबाजा मा आधारित लोक गीत बजारमा आएको छ।
हाल नेपालीको सपनाको देशको रुपमा परिचित अमेरिकामा बसोबास गर्दै आएका सर्जक/गाएक खेम पुनको निरन्तर सृजनहरु बजारमा आइरहेका छन् । उनकै संगीत सृजनामा यो गीत बजारमा आएको हो । भरत खत्रीको शब्दमा गायिका सुनिता बुढा क्षेत्री र कृष्ण के सी को सुमधुर आवाजले सजिएको उक्त गीत वियोगान्त कारुणिक धारमा बगेको छ। कुमार के सीको निर्देशनमा अजय रेग्मीले क्यामेरामा कैद गरेका छन् भने भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् । लोमस शर्मा र आयुस्मा कार्किको दमदार अभिनयले भिडियो झनै मनमोहक बनाएको छ।
हेर्नुहोस पूरा भिडियो :-