माधव नेपाल समूहद्वारा मोरङमा दुई समानान्तर कमिटी गठन

मोरङ– एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुमाथि श्रृंखलाबद्ध रुपमा कारबाही प्रक्रिया अघि बढाएपछि असन्तुष्ट भएको माधव नेपाल समूहलेे समानान्तर कमिटी गठनलाई जिल्ला तहमा विस्तार गर्दै लगेको छ ।

अध्यक्ष ओलीले विधि, प्रक्रिया र पद्धतिलाई पटक-पटक उल्लंघन गरेको आरोपका बीच पार्टी भित्रको असमझदारी सतहमा आएपछि नेपाल समूहले जिल्ला तहमा समानान्तर कमिटी गठन गर्दै छुट्टै अभ्यास थालेको हो।

शुक्रबार मोरङमा मात्रै नेपाल समूहका दुईवटा समानान्तर कमिटी गठन भएका छन् । वरिष्ठ नेता माधव नेपाल आफैँ उपस्थित भएर ती दुई वटा कमिटी गठन गरेका हुन्। मोरङमा जिल्ला कमिटी र महानगर कमिटी गठन भएको नेता घनेन्द्र बस्नेतले जानकारी दिए ।

माधव नेपाल समूहले चन्द्रवीर राईको अध्यक्षतामा एमाले मोरङको जिल्ला कमिटी गठन गरेको हो । राईको अध्यक्षतामा गठित कमिटीमा दुई जना उपाध्यक्ष राखिएका छन् । एमालेले पारुल क्षेत्रीको अध्यक्षतामा १७५ सदस्यीय विराटनगर महानगर कमिटी पनि गठन गरेको छ ।

dgsd