साउन अन्तिम सातादेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न प्रस्ताव



बिर्तामोड (विवेचना)- राष्ट्रिय परीक्षा बोर्डले साउन अन्तिम सातादेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न प्रस्ताव गरेको छ । विद्यार्थीको उपस्थितिमा परीक्षा सञ्चालन गर्न बाेर्डले सरकारसँग प्रस्ताव गरेको हो ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण र यसबाट उत्पन्न जटिल परिस्थितिपछि परीक्षाको पूर्वनिर्धारित कार्यक्रम प्रभावित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सरकारले अनुमति दिए लगतै परीक्षाको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।