
झापा– स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न प्रस्ताव गरेको छ । कोरोना भाइरसको संक्रमण झन् बढेको जनाउँदै मन्त्रालयलेे सबै प्रकारका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय समक्ष प्रस्ताव अघि सारेको हो ।
स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले साेमबार आयोजित पत्रकार सम्मेलनमा परिक्षा सम्बन्धि सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् । उनले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न सकिने विकल्प अपनाउन शिक्षा मन्त्रालय ग्रह गरेका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म गर्ने तयारी थालिसकेको छ । यसअघि जेठ २६ गतेदेखि तय भएको परीक्षा कोरोनाको दोस्रो लहरका कारण स्थगित भएको थियो ।