सारङ्गी बादक साइला को दर्दनाक कथा इनेपाल रोधी ले चलायो अभियान सहयोग आउन सुरु



बाल कुमार श्रेष्ठ काठमाडौ । जीवन संघर्श र चुनौती मात्रै हैन , सान्दर्भिक समाधान पनि हो धर्ती मा पाइला टेक्ने र सन्सार देख्ने सौभाग्य सबै मानव जाती ले पाउदैनन यो प्रकृतिको नियन नै हो ।दुख बेदना कर्म भोगाइ नै हाम्रो बास्तबिक जीवन हो एक नेपाली लोक दोहोरी क्षेत्र का होनहार कलाकार को दुखदायी जिन्दगी मा शितलता प्रदान गर्ने कोसिस इनेपाल रोधी घर ले थालनी गरेको छ।

इनेपाल रोधी घर छोटो समय मा दर्शक ले सफलता र लोकपि्रयता को उच्च स्थान मा पुर्याइदिए केही समय अघि पनि बाढी र कोरोना बाट पिडित कलाकार लाई लोक दोहोरी प्रतिस्ठान मार्फत रु. १००००० र म्युजिक भिडियो संघ लाई रु.२०००० सहयोग गरेको थियो ।

भर्खरै आफ्नी श्रीमती लाई गुमाएका गायक/ सारङ्गी बादक पिएन साइला सहयोगार्थ अभियान स्वरुप एउटा बिशेश कार्यक्रम गर्यो साना दुई बच्चा हरु पठन पाठ्न र राजधानी को कष्टकर दैनिकी लाई सहज बनाउने उदेश्य का साथ उक्त कार्यक्रम राखियको हो जहाँ गायक साइला आफ्ना पीडा शब्द र गित मार्फत पोखेका छ्न । र उन्लाइ बिभिन्न माध्यम बाट सहयोग रकम जम्मा हुन थालिसकेका छन भर्खरै प्रवास मा रहेर पनि नेपाली गित सङ्गीत लाई खबरदारी गर्दै कलाकार लाई माया गर्ने समाजसेवि राज बास्तोला ले रु १०००० पठाइसक्नु भएको छ त्यसै गरि हाल अमेरिका रहनु हुने मन कारी समाजसेवी गोबिन्द श्रेष्ठ (अमेरिका)ले रु ५००० उपलब्ध गराइ सक्नु भएको छ।

उहाँ हरु प्रती हार्दिक धन्यवाद र सहयोगी मन हरु ले केही सहयोग गर्न चाहानु हुन्छ भने भिडियो मा सबै कुरा उल्लेख छ ।

हेर्नुहोस भिडियो।।।।