बैशाख ३० नजिकियो जनताले कसलाई बिस्वास गर्लान तपाइको अभिमत कसलाई ?



इनेपाल खबर /इनेपाल मिडिया ।

सरकारले स्थानीय चुनावको मिति घोषणा गरे लगत्तै भिभिन्न राजनीतिक दल ,नेता तथा कार्यकर्ता हरु सबै अहिले देश दौडाहा मा लागि परेकाछन खासगरी नेपालि कांग्रेस ,नेकपा एमाले ,एकीकृत समाजवादी ,माओवादी केन्द्र ,जसपा लगाएतका पार्टी हरु चुनावी परिणाम आफ्नो पोल्टामा पर्न अहिले गाउमुखी भएका छन्।

बिगतका निर्वाचन जनताले बिश्वास गरेका राजनैतिक दल र दलका नेताले जनताको मतको कदर गर्नुको सत्ता सत्ता केन्द्रित राजनीति अनि दलगत स्वार्थका कारण मुलुकले अपेक्षित अग्रगमनको गति लिन सकेन ।देशमा तिनवटा सरकार  स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रिय सरकार यी तिनै टहक्का सरकार अनि जनप्रतिनिधी को भनाइ र गराईको भिन्नता ले जनता निराश मात्रै हैन अग्गामी चुन्नाब मा कसलाई आफ्नो मत दिनी भन्निमा  मा समेत अन्यौल छन् ।बिश्व महामारी कोरोना ,दिनदिनै बढ्दो महंगी ,आर्थिक मन्दी,युवाहरु बिदेश पलायन ,सहरमुखी युवा ,परम्परागत खेति ,आधुनिक कृषिको अभाब,किसान हरु मा देखेक्को नैराश्यता ,व्यवाहारिक शिक्षा को अभाब यी यस्तै  आधारभूत कुराहरु समेत  बर्तमान राजनीतिक दल र सरकार का नेतृत्वमा रहेका नेता हरु बाट उपेक्षित हुनु परेको गुनासाहरु प्रसस्तै सुन्न पाइन्छ ।

 

खासगरी नेपाल मा रहेका हालका राजनीतिक दलमा पुरानै प्रवृति र युवा नेतृत्वको अभाब छ तिनै मान्छे तिनै मान्छे पटक पटक जनाताको  मत पाएर पनि देश र जनता प्रति अलिकति पनि जिम्मेवार नहुनु र भड्किलो चुनाब जहा पैसावाला हरुको मात्रै पहुच हुनी अनि करोडौ खर्चिएर बनेको जनप्रतिनिधि बाट जनताले विकास को के आशा गर्नी ? अब चुनाब चिन्ह भन्दा पनि ब्यक्ती र व्यक्तित्व हेरेर मात्रै जनताले भोट दिन पर्छ नत्र फेरी जनताले उही पुरानो लुगा टालेर लाएजस्तो मात्र हुनेछ ।