बिर्तामोड– लागूऔषध ब्राउनसुगर सहित झापाको बिर्तामोडबाट सोमवार दिउँसो दुई जना युवा समातिएका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका–१० का २४ वर्षीय समिर राई छन् ।
शंका लागेर चेकजाँच गर्दा उनीहरुका साथमा १२ ग्राम ब्राउनसुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले काँकडभिट्टा र अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.८ प ७३९२ नम्वरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट उक्त लागूऔषध बरामद गरेको बताए ।