वीर अस्पतालको प्रमुखबाट हटाइए डाक्टर जागेश्वर गौतम



झापा– सरकारले वीर अस्पतालको प्रमुखबाट डाक्टर जागेश्वर गौतमलाई हटाएको छ । एकपछि अर्को विवादमा मुछिदै गएपछि सरकारले गौतमलाई हटाएको हो ।

राज्यमन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले सोमबारदेखि गौतमलाई हटाएको छ । वीर अस्पतालमा नियुक्त भएको दिनदेखि नै डाक्टर गौतम विवादमा मुछिएका थिए । उपकरण खरिदमा सेटिङ गरेको आरोप लागेको थियो ।

स्वास्थ्य मन्त्रालयले उनलाई वीर अस्पतालबाट हटाएर थापाथलीमा रहेको प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको छ । वीर अस्पताल जानुअघि उनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता थिए ।