झापा– हुने हार दैव नटार । कोरोना भाइरसको संक्रमणका कारण उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-२ मा एकै परिवारका ३ जनाको मृत्य भएको छ । मृत्यु हुनेमा रमण पोखरेल, हेमराज पोखरेल र देवी पोखरेल छन् । रमणले १५ दिनअघि ज्यान गुमाएका हुन् ।
सात दिनअघि हेमराजको ज्यान गएको थियो भने शुक्रबार देवीको मृत्यु भएको हो । वडाध्यक्ष घमानसिंह खत्रीले कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेकाले गाउँ सिल गरिएको जानकारी दिनुभयो ।
गाउँलेमा रुघाखोकी र ज्वरोको संक्रमण तीव्र भएको छ । अहिलेसम्म पाँच दर्जन भन्दाबढी गाउँले सिकिस्त बिरामी परेका छन् । एक सातायता त्यहाँ पुनः संक्रमण बढ्न थालेको हो ।