
सफलता संघर्ष निरन्तरताको पर्यायवाची हुन गायक सन्दिप न्यौपाने | दाङको उर्बर माटोमा जन्मिएर नेपाली लोकदोहोरी गीत संगीतलाई काधमा बोकेर हिडिरहेका उनको यात्रा भने सजिलो थिएन | थुप्रै दोहोरी प्रतियोगितामा दौडधुप गर्दै आफ्नो साङ्गितिक प्यास मेटाउन तल्लिन गायक सन्दिपको न प्यास मेटियो, न भोक मेटे ,न थकाइ मारेर निराश भए, असफलता नै सफलताको प्रतीक हो भने झै दशकौं देखिको यात्राले पछिल्लो समय भने उनलाइ एक पछि अर्को गीतले व्यावसायिक सफलता सङ्गै देश बिदेश जताततै सन्दिपमय बनायो । हसिलो चेहरा ,मिजासिलो स्वभाव र सबैलाइ सम्मान गर्ने महान गुणले भरियका गायक सन्दिप न्यौपाने गायन सङ्गै अभिनय यात्रालाइ पनि साथै लिएर अगाडि बढिरहेका छन।
लालुमै को ऐतिहासिक सफलता संगै सर्जक शिव हमाल संगको सहकार्यमा दिलमाया आउन लागेको हो | यहि माघ १३ गते सार्बजनिक हुँदै गरेको गित चल्नेमा उनी ढुक्क छन | गीतको सबै पाटो दरिलो छ । गायिका शान्तिश्री परियार ले आवाजमा सहाकार्य गरिएको दिलमायाको लेखन/संगीत सर्जक शिव हमालको रहेको जानकारी इनेपाल मिडिया लाई दिए । निर्देशक प्रकाश भट्टद्वारा निर्देशित उक्त गीतमा अन्जली अधिकारी र गायक सन्दिपको दमदार अभिनय हेर्न सकिनेछ | भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन भने नबराज उप्रेतीले क्यामेरामा कैद गरेका हुन ।
सम्पुर्ण दिलमाया टिमलाई इनेपाल खबर/ इनेपाल मिडिया र इनेपाल रोधिघरको तर्फबाट सफलताको अग्रिम सुभकामना।
यो भिडियो पनि हेर्नु होला :-