बर्दियाली कलाकार समाज काठमाडौंको अध्यक्षमा गायक कमल बि.सी. माल्दाई र उपाध्यक्षमा गायिका पूर्णकला सर्बसम्मत।



काठमाडौं, इनेपाल मिडिया ।

समाज गठन गरिनुको मुख्य उदेश्य बर्दियाली कलाकारलाइ आफ्नै जिल्लामा हुने गरेको बिभिन्न मेला महोत्सव मा आयोजक ले बेवास्था गर्ने गरेको र स्थानीय कलाकारको प्रवर्तन को नारा घन्काए पनि स्थानीय कलाकार न समेटिएको र आगामी दिनमा यसको खबरदारी गर्ने साथै कलाकार हरुलाई आइपर्ने बिभिन्न  समस्या हरुको सामुहिक हल गर्दै सम्पूर्ण बर्दियाका कलाकार हरु एकै ठाउमा एउटी आवाज उठाएर उभिने समाजको मुख्य एजेन्डा रहेको हामिलाइ जानकारि समाजले गराएको छ ।

बर्दियाली कलाकार समाज काठमाडौंकाे प्रथम भेलाले चर्चित युवा गायक कमल बिसि माल्दाईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ बर्दियालि कलाकारहरुको हकहितको लागि भन्दै आज काठमाडौंको अनामनगरमा गठन भएको समितीको उपाध्यक्षमा चर्चित गायिका पुर्णकला बिसि, महासचिवमा बिपि वाग्ले, सचीवमा राजेन्द्र बजगाई, कोषाध्यक्षमा अनिता चलाउने, सह कोषाध्यक्षमा आर.के. थारु चयन भएका छन ।सदस्य हरुमा अन्जली अधिकारि ,राकेश वली , सुरेन चन्द ,चित्रलाल शर्मा र बिष्णु शर्मा चयन भएका छन् ।

यसैगरी समाजको कानुनी सल्लाहकारमा अधिबक्ता तथा कलाकार राजेन्द्र शर्मा , सल्लाहकारहरुमा याेगमायाँ घर्ती, कमल अधिकारी, भद्र वली, एकराज पौडेल, प्रभात सुवेदी, तिर्थराज पाेख्रेल, प्रविण पाेख्रेल, राज कुश्मी लगायत रहनु भएको छ । बर्दियालि कलाकार समाजका नवनिर्वाचित अध्यक्ष कमल बिसि माल्दाईले सबै कलाकारहरुलाई संगठित गर्दै अगाडि बड्ने बताउनु भएको छ ।