शान्तारानी, इश्वर र रबिनको गित शिरफुल सिरकोले युटुबमा पनि उधुम मच्चायो। टिकटकमा रातारात भाइरल ।



इ नेपाल मिडिया  , काठमाडौ ।

नेपाली लोकदोहोरी क्षेत्रमा शान्तारानी परियार नया नाम हैन, बिगत दशक देखि यहि क्षेत्रमा अनवरत यात्रामा होमिएकि परियारको नया पन्चेबाजा गित ” शिरफुल शिरको” लाई छोटो समयमा दर्शकले माया दिए अहिले टिकटक मा प्राय चलेका कलाकार देखि दर्शक सबैले टिकटक बनाएर उक्त गितलाइ माया गरेका छन भने युटुबमा पनि दिनको लाख भन्दा बढी दर्शक कमाइरहेको छ ।यस अर्थमा भन्न सकिन्छ यो गित सुपरहिट गितको सुचिमा प्रवेश गर्दैछ।  भिडियो शान्तारानी परियार युट्युब च्यानल बाट सार्बजनिक भएको छ।

लोकप्रिय सर्जक तथा गायक रबिन लामिछाने को रचनामा निर्मित यस गितमा चर्चित गायक ईश्वर सिंहको दरिलो साथ गायिका परियार लाई छ भने गायक सिंहकै संगीत छ। कृष्ण के सी  को संगीत संयोजन रहेको गितलाइ 1 DB स्टुडियोमा रेकर्डिङ गरिएको हो। भिडियो मा मोडल बिनोद भण्डारी र नारायणी खत्री को दमदार अभिनय हेर्न सकिन्छ ।भण्डारी आफै निर्देशक हुन भने नायिका खत्री को यो भन्दा अघि “ठमेल असन ” नामक गित सुपर हिट भौसकेको छ।नवराज उप्रेती ले क्यामेरामा कैद गरेका उक्त गितलाइ मनोज कार्कीले सम्पादन गरेका हुन।

हेर्नुस भिडियो :-