झापा– मन्त्रीपरिषद् बिस्तारमा सकस बेहोरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हाे ।
तीन शीर्ष नेताबीचको छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरूबीच मन्त्रालय बाँडफाँट विषयमा कुराकानी भएको छ ।