
बाल कुमार श्रेष्ठ ,काठमाडौ ।
नेपाल सास्कृतिक ओखलढुंगा ले हरेक बर्ष बिबिध कार्यक्रम गर्दै आयको छ गत बर्ष बिस्व महामारी कोभिड को कारण स्थगित भयको थियो भने यसपालि सोहि कार्यलाई निरन्तरता दिदै बालाजु बाइस धारा भोगटे चौर मा यहि पुस २४ गते शनिबार बृहत बनभोज तथा सास्कृतिक कार्यक्रम हुदै छ।
ओखलढुंगा सास्कृतिक संघ का सभापति हिलारी बन्धुका अनुसार भर्खरै निर्बाचित केन्द्रीय नेता टथा प्रदेश कमिटिका नेता हरु तथा कलाकार हरुलाई समेत लाइ समेत कार्यक्रम मा सम्मान एबम प्रसंसा पत्र प्रदान गरिने बताउनु भयो । कार्यक्रममा विभिन्न रास्ट्रिय कलाकार हरुको बेजोड प्रस्तुति रहने छ भने सोहि दिन नेपालि कांग्रेस पार्टी बिशेस गित को म्युजिक भिडियो छायांकन पनि हुने कुरा आयोजक ले हामीलाई बतायका छन् । कार्यक्रम मा कलाकार शिब शंकर रिजाल, राधिका हमाल, शिब हमाल, प्रकाश कटुवाल, लगायत जिल्ला का सबै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ भने नेपालि कांग्रेस का केन्द्रिय नेता हरु रामहरी खतिवडा ,प्रदिप कुमार सुनुवार , प्रदेश कमिटिका नेता हरु, जिल्ला सभापति तेजेन्द्र खनाल लगायात जिल्लाका सबै नेता कार्यकर्ता बिभिन्न भात्री सस्था का प्रतिनिधि ,सदस्य ज्यु हरु एबम बिभिन्न ब्याक्तिव समाजसेवी बुद्दिजिबी जनप्रतिनिधि हरु को बाक्लो उपस्थिति रहनेछ ।
सम्पूर्ण कांग्रेसी जनहरु एबम ओखलढुंगाबासि आम दाजु भाइ दिदीबहिनी जो गित संगीत लाइ माया गर्नु हुने सबै सबैलाइ उज्त रमाइलो कार्यक्रम मा उपस्थित भैदिन आयोजक ले अनुरोध गरेको छ आयोजक कमिटीमा हिलारी बन्धु भुजेल , गोपाल गिरि प्रदिप गुरुङ ,बाल कुमार श्रेष्ठ, दिर्घ गदाइलि, रोशन बुढाथोकी ,सिमा श्रेष्ठ ,राजेष बुढाथोकी ,अम्बिका लुइँटेल लगायत रहेका छन् ।
कार्यक्रम हुने मिति -२०७८ पुस २४ गते शनिबार
स्थान – बालाजु बाइस धारा भोगटे चौर
समय -बिहान ८ बजे देखि साँझ ६ बजे सम्म
टिकेट – रु १००० (बिहान को खाजा , दिउसो खाजा , खाना )