
झापा– नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासले लिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत मंगलबार उनले यस्तो घोषणा गरेका हुन्।
‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु’, उनले भनेका छन्।
सन् २००२ देखि नेपाली राष्ट्रिय टिमबाट खेलेका पारसले नेपालका लागि खेल्नु आफ्नो सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन्। उनले दुई दशकसम्म समर्थक, परिवार, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाले माया, हौसला र प्रशंसा गरेको भन्दै त्यसप्रति आफू ऋणी भएको बताएका छन्।