झापा– कोरोना संक्रमण तीव्र भइरहँदा आइतवार २१७ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले साँझ संक्रमितको विवरण सार्वजनिक गरेको हो । संक्रमणका कारण आइतवार चार जनाको मृत्यु भएको छ । तीन पुरुष र दुई महिलाको मृत्यु भएको हो ।
संक्रमण सुरु भइयता झापामा मानवीय क्षतिका घटना पनि बढेका छन् । आइतवार साँझसम्म ४५९ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईले बताए । झापामा सक्रिय संक्रमितको संख्या २५०९ छ ।