खोप माग्न व्यवसायीको टोली सिडिओ कार्यालयमा



झापा– उद्योगी व्यवसायीहरूको टोलीले तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन माग गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई आज ज्ञापनपत्र बुझाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ को टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर खोपमा व्यवसायीलाई प्राथमिकता दिन माग गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु नेउपानेले व्यवसायीहरुलाई प्राथमिकतामा राखेर सरकारले खोप अभियान सञ्चालन गर्न आनाकानी गरिरहेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल नेतृत्वको टोलीले तत्काल व्यवसायीहरुले खोप पाउनुपर्ने माग प्रमुख जिल्ला अधिकारी समक्ष राखेको छ ।