इलाम–कोरोना माहामरीका कारण आइतबार इलाममा चार जनाले ज्यान गुमाएका छन् । कोरोना भाइसरको संक्रमणबाट जिल्लामा एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इलाम नगरपालिका वडा नम्बर–४१ र ४३ वर्षका दुई महिला, रोङ गाउपालिका वडा नम्बर–३ का एक पुरुष र माङसेबुङ्ग गाउँपालिका वडा नम्बर–४ की ६५ वर्षकी महिलाको मृत्यु भएको हो । एकै दिन चार जनाले ज्यान गुमाएपछि इलाममा भोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आइतबार इलाममा ७६ जनामा संक्रमण पुष्टि भएको छ ।