मेची अस्पतालका डाक्टर मनिषलाई कोभिड–१९ विशिष्ट सम्मान




झापा–बारबरा फाउण्डेसनले मेची प्रादेशिक अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर मनिष सुबेदीलाई कोभिड–१९ विशिष्ट सम्मान प्रदान गरेको छ। फाउन्डेसनले कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणमा विशेष योगदान गरेका विभिन्न संघ र व्यक्तिहरुलाई सम्मान गरेको हो। त्यसमा डाक्टर सुबेदी पनि परेका हुन् ।

फाउन्डेसनले संस्थागत, चिकित्सक, नर्सिङ, व्यवस्थापन र सार्वजनिक नीति, मेडिकल सपोर्ट र स्वास्थ्य सहयोगी कर्मचारीतर्फ गरी छ विधामा सम्मान प्रदान गरेको छ । कोभिड–१९ विशिष्ट सम्मान अन्तरगत नर्सिङ विधामा मेची प्रादेशिक अस्पतालकी स्टाप नर्स सपना तामाङ पनि सम्मानित भएकी छन् ।

शनिबार काडमाडौंका राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा विभिन्न संस्था र व्यक्तिलाई सम्मान प्रदान गरिएको हो। फाउण्डेसनका कार्यकारिणी सदस्य तथा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहिृद घिमिरेले कोभिड–१९ विशिष्ट सम्मानका लागि एक करोड रुपैयाँ उपलब्ध गराएका थिए। सोही रकmबाट पुरस्कार प्रदान गरिएको हो।