सहमतिपछि बिर्तामोड नगरपालिकाको ताला खाेलियाे



झापा– दुई सत्तारुढ दलका विद्यार्थी संगठनले बिर्तामोड नगरपालिकामा हिजो लगाएको ताला खुलेको छ । नगरपालिकासँग सातबुँदे सहमति भएपछि ती संगठनले मूलगेटमा लगाएको ताला खोलेका हुन् ।

नगरपालिकाका कोरोना फाेकल पर्सन ओमबहादुर खड्काले कोरोना विरुद्धको खोप होटलमा लुकाएको भन्दै ती दुई विद्यार्थी संगठनले हिजो हो नगरपालिका कार्यालयमा ताला लगाएका थिए । खड्कालाई तत्काल जिम्मेवारीमुक्त गर्ने सहमतिपछि ताला खोलिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिलाई सहयोग गर्ने लगायतका विषयमा सहमति भएपछि ताला खोलिएको नगरपालिकाका नायव सुब्बा मेघराज बास्तोलाले बताउनुभयो ।