झापामा कोरोना संक्रमण तीव्र : एक साताका लागि निषेधाज्ञा




झापा–कोरोना भाइरसको संक्रमण बढेपछि झापामा आजदेखि एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ । बढ्दो सङ्क्रमण घटाउने उपाय स्वरुप स्थानीय प्रशासनले निषेधाज्ञाको नीति लिएको हो ।

झापाका १५ वटा स्थानीय तहका प्रमुखसँगको छलफलपछि गएरातिदेखि निषेधाज्ञा लागू गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भयो ।

झापामा संक्रमतिको संख्या उच्च छ । दैनिक थपिँदो संख्याले जोखिम बढ्दो अवस्थामा रहेको देखाउँछन् । स्वास्थ्य मापदण्ड पालनामा भइरहेको लापरवाहीका कारण संक्रमण बढेको सरोकारवाला बताउँछन् ।

झापामा संक्रिय संक्रमितको संख्या २४१३ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमण सुरु भइयता ४४५ जनाले ज्यान गुमाइसकेका छन् ।