झापा– मोरङमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । संक्रमण बढेकोप्रति चिन्ता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनस्वास्थ्य मापदण्ड पालना नभएका कारण संक्रमण दर बढेको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी निरौलाले खोप लगाउने कार्य सम्पन्न नभएसम्म सतर्कता अपनाउनुको विकल्प नभएको बताउनुभयो ।
स्थानीय प्रशासनका अनुसार आइतबारसम्म मोरङमा सक्रिय संक्रमितको संख्या दुई हजार चार सय पुगेको छ । संक्रमणका कारण ३ सय ८७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।