
बुद्धशान्ति– कोरोनाका कारण आइतबार एकै दिन बुद्धशान्ति गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति १ का ५८ वर्षकी महिला,बुद्धशान्ति २ का ७४ वर्षका एक पुरुष र बुद्धशान्ति ३ का ४५ वार्षका पुरुष रहेका छन् ।
२ जनाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा र एक जनाको मेची अञ्चल अस्पतालमा मृत्यु भएको हो । कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाको आइतबार नै स्थानीय चिलिमगढी घाटमा एकै पटक दाहसंस्कार गरिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीका अनुसार योसँगै बुद्धशान्तिमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या२१ पुगेको छ।