कोरोनाका कारण इलाममा एकैदिन श्रीमान् श्रीमतीको मृत्यु



बिर्तामोड-कोरोना भाइरसको संक्रमणका कारण आज इलाममा एकैदिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका-५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङ्ग लावतीको मृत्यु भएको हो ।

लावती परिवारका साधनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये श्रीमान् श्रीमतीले ज्यान गुमाएका हुन् । हाेम आइसाेलेसनमा बसेको अवस्थामा उनीहरूको मृत्यु भएको स्थानीय पत्रकार काकीराम लावतीले जानकारी दिनुभयो ।

लावती दम्पत्तील १० घण्टाको फरकमा ज्यान गुमाएका हुन् । उनीहरुका दुई छोरा, एक बुहारी र दुई नाति समेत कोरोना संक्रमित छन् । उनीहरूको अवस्था भने सामान्य छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ ।