बिर्तामोडमा साउन १३ गतेदेखि लक डाउन, खोप मात्रै उचित विकल्प



बिर्तामोड– कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्थानीय तहले आफ्लो अनुकुलताका आधारमा लक डाउनको नीति अवलम्वन गर्न थालेका छन् । संक्रमितको संख्या थपिने क्रम तीव्र भएपछि स्थानीय तहले लक डाउनलाई पहिलो प्राथमिकतामा राखेका हुन् । संक्रमणविरुद्धको लडाईमा पहिलो प्राथमिकता लक डाउनलाई दिइएको छ ।

नागरिक भने लक डाउन पालना गर्ने पक्षमा छैनन् । उनीहरु खोप पाउनु पर्ने माग गरिरहेका छन् । बिर्तामोड नगरपालिकाले पनि संक्रमणको जोखिमलाई हेरेर लक डाउनमा जाने तयारी गरेको छ । साउन १३ गते रातिदेखि एक साताका लागि लक डाउन गर्ने नगरपालिको तयारी छ ।

नगरबासी नागरिकले भने लक डाउनको विकल्प खोप मात्रै हुने भन्दै खोप उपलब्ध गराउन स्थानीय सरकारको सक्रिय हुनु पर्ने धारणा राखेका छन् । बिर्तामोडको व्यवसायिक नेतृत्वले पनि लक डाउनको विकल्प खोज्नु पर्नेमा जोड दिएको छ ।