झापा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आज दिउँसो विज्ञप्ति जारी गर्दै खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न अस्पताललाई निर्देशन दिएको हो ।
खोप लगाएको प्रमाणीकरण गर्दा अस्पतालहरुले शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले त्यस्तो नगर्न अस्पतालहरुलाई निर्देशन दिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले बताउनुभयो । साउन ७ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयले प्रमाणीकरण निःशुल्क गर्ने निर्णय गरेको थियो ।