दमक–जुवाजन्य गतिविधिमा संलग्न भएको आरोपमा झापाको दमक प्रहरीले आज अपरान्न ६ जनालाई पक्राउ गरेको छ । दमक ८ मा सञ्चालित पेरुङ्गो होटलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय पदम सुब्बाले सञ्चालन गर्दै आएको उक्त होटलमा जुवाजन्य गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।
पक्राउ पर्नेमा होटल सञ्चालक सुब्बासहित कैलाश लिम्बू, मोहन ढुङगाना, द्रोणाचार्य कार्की, प्रेम सुब्बा र भीम सुब्बा छन् । प्रहरीले घटनास्थलबाट एक लाख रुपैयाँ पनि बरामद गरेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । घटनास्थल इलाका प्रहरी कार्यालय दमकबाट एक किलोमिटरको दुरीमा पर्छ ।