बैकिङ कसुर मुद्दामा दमकका कार्की पक्राउ



झापा– बैकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक घर भएका ४७ वर्षीय बिनोदकुमार कार्की छन् । बैकिङ कसुर मुद्दामा कार्कीलाई पाटन उच्च अदालतले २०७७ मंसिर ३० मा तीन दिन कैद सजाय, सात लाख जरिवाना र २८ हजार राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको थियो ।

लामो समयदेखि प्रहरीको आँखा छल्दै आएका कार्कीलाई प्रहरीले फैसला कार्यान्वयनका क्रममा पक्राउ गरी झापा जिल्ला अदालतमा पेश गरेको हो । अदालतले तोकिएको सजाय भुक्तानका लागि आदेश दिएको छ । कोरोना परीक्षणको रिपोर्टपछि उनलाई कारागार चलान गरिने झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए ।