
बिर्तामोड– कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन सरकारले ढिलाई गरेको भन्दै नागरिक तहबाट प्रश्न उठ्न थालेका छन् । हामीलाई खोप कहिले दिने ? भन्दै नागरिक तहबाट सरकारलाई प्रश्न सोध्न थालिएको हो । कोरोना भाइरसको संक्रमण समुदाय तहमा तीव्ररुपमा फैलिरहँदा नागरिक भने खोपको पर्खाइमा छन् । झापा बिर्तामोडका युवा व्यवसायी नवीन खरेलले सामाजिक सञ्जालमा फेसबुकमा सरकारप्रति आक्रोश व्यक्त गर्दै त्यस्तो लेख्नु भएको छ-
सरकार !! हामीलाई खोप कहिले दिने ?
हामी मोफसलमा दिनदिनै मर्ने
यहाँहरु केन्द्रमा रमाइलो गर्ने ?
हामी जनता कहिलेसम्म पिल्सिएर बस्ने !
न त हस्पिटलमा सेवा न त स्थानीय तहमा
न त जीउ धनको सुरक्षा हरेक ठाउँमा
हामी कसरी बाँच्ने ! सरकार कहिले बोल्ने ?
सरकार ! हामीलाई खोप कहिले दिने ??
(अभियान– सरकार हामीलाइ खोप कहिले दिने)