
झापा- सरकारले सहकारी संस्थाहरूको व्याजदर पुनरावलोकन गर्ने भएको छ । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको बैठकले ब्याजदर पुनरावलोकन गर्न प्रस्ताव गरेको हो ।
सहकारी विभागमा बसेको बैठकले विभागका उप रजिष्ट्रार सुरेन्द्रराज पौडेलकाे संयोजकत्वमा कार्यदल निर्माण गरेको छ । बैठकमा सहकारीको ब्याजदर कार्यान्वयनको अवस्थाबारे छलफल भएको थियो ।
कार्यदलले विभिन्न बैंक तथा वित्तीय संस्थाको व्याज दर अध्ययन गरी पुनरावलोकनका लागि सिफारिस गर्नेछ । सोही सिफारिसका आधारमा समितिले व्याजदर निर्धारण गर्ने जनाइएको हो । अहिले सहकारी संस्थाले १४.७५ प्रतिशत ब्याजदर लिँदै आएका छन् ।