अस्पतालका कर्मचारी आन्दोलित, प्रमुखलाई अस्पताल प्रवेशमा रोक




झापा–सेवा सुविधा नपाएको गुनासोसहित वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीमा खटिएवापत सरकारले तोकेको भत्ता र नियमानुसारको अन्य सुविधाबाट आफूहरू वञ्चित भएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

माग पूरा गराउन पटकपटक अनुरोध गर्दा पनि प्रमुख डा. जागेश्वर गौतमले बेवास्ता गरेपछि आफूहरू थप पीडित बनेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुवराज आचार्यले बताए ।

आफूहरूको आन्दोलन दबाउन प्रहरी लगाइएको भन्दै आन्दोलनकारीहरू आक्रोशित बनेका छन् । गौतमलाई अस्पताल प्रवेशमा रोक लगाइएको आचार्यले बताए ।