
विर्तामोड–विर्तामोडस्थित सन्तोष भेराइटिजका सञ्चालक सन्तोष अग्रवाल चेम्बर अफ कमर्स प्रदेश १ को उपाध्यक्षमा चयन भएका छन् । मोरङको विराटनगरमा शनिबार आयोजित संक्षिप्त कार्यक्रमका बीच चेम्बर अफ कमर्स प्रदेश १ का अध्यक्ष सुरेशमान श्रेष्ठले कार्यसमिति विस्तार गर्दै अग्रवाललाई उपाध्यक्ष पदमा मनोनित गरेका हुन् ।
अग्रवाल चेम्बर अफ कमर्स झापाका संस्थापक अध्यक्ष हुन् । अध्यक्ष श्रेष्ठले उपाध्यक्षमा अग्रवाललगायत महासचिवमा विराटनगरका अंशु बञ्जरा, सदस्यमा विराटनगरकै राम अवतार अग्रवाल, दीपबहादुर खापुङ, योजित प्रधान र रञ्जित भगतलाई मनोनित गरेको गरेका छन् ।
उपाध्यक्षमा चयन भएका अग्रवाल झापाका पुराना पत्रकार एवम् सञ्चार उद्यमी पनि हुन् । जेसीज, रोटरीलगायतका थुप्रै सामाजिक संघ–संस्था तथा औद्योगिक–व्यवसायिक संगठनमा नेतृत्त्व तहमा रहेर काम गर्दै आएका अग्रवाल न्यू मेची टाइम्स दैनिकका सञ्चालक पनि हुन् ।