बाल कुमार श्रेष्ठ, काठमाण्डौ
नेपाली महिला हरु को महान चाड हरितालिका तिज नजिकिदै गर्दा एक पछि अर्को गित बजार मा लगभग दिनहु जसो आइरहेका छ्न | सोही क्रममा नाच छुनुमुनु गित भर्खरै सार्बजनिक भएको छ। लोकप्रिय गायक बद्री पङ्गेनी को आवाज संगै कविता अर्याल को आवाज मा सजिएको नाच छुनुमुनु को लय तथा शब्द सिर्जना सफल सर्जक शिव हमाल को रहेको छ | काजिश श्रेष्ठ द्वारा निर्देशित उक्त भिडियो राजेश घिमिरेले खिचेका हुन भने दिपक बिस्ट ले सम्पादन गरेका हुन | शंकर बिसि र अन्जली अधिकारी को दमदार अभिनय मा बनेको भिडियो उत्कृष्ट बनेको छ । भिडियो गायक बद्री पङ्गेनी कै अफिसियल युटुब च्यानल बाट प्रकाशन भएको हो। पूरा भिडियो हेर्नुस ।।