बाल कुमार श्रेष्ठ काठमाडौं ।
नेपाली गित सङ्गीतको बजार अहिले दोहोरीमय भएको छ । एकपछि अर्को सदाबहार गीतहरु प्रतिस्पर्धात्मक रुपमा बजारमा आइरहेका छन। सोही क्रममा केही समय देखि बजारमा हल्ला खल्ला मचाइरहेको गित ” हो हो नि माया ” ले बजार तताइ रहेको छ। छोटो समयमा आफ्नो हाइट बढाउन सफल नेपाली गित सङ्गीत मा लेखन ,गायन र संगीत तीन वटै बिधामा आफुलाइ अब्बल साबित गर्दै गायक/सर्जक हरि गिरी बिमर्शी एक पछी अर्को सुपर हिट गित मार्फत बजार मा छाइरहेकाछन । आयन चाइनाको रेल, ओइ भन्यो मायाले झ्यालबाट , भन्डारीको गोठ लगायत दर्जनौ गित मार्फत तीन करोड नेपालिको मन मा बास बस्न सफल बिमर्शी को अहिले नया गित होहो नि माया ले दिनप्रतिदिन बजार पिटिरहेको छ ।
हरि बिमर्शिको बास्तबिकता ??
गुल्मी जिल्ला को फोक्सिङ मा २०४३ सालमा जन्मियका गायक बिमर्शी ६२ साल मा काठमाडौ मा छिरेका उनी गित सङ्गीत मा केही गर्ने उदेश्य भयपनी कम्पनी ले उनलाइ नपत्याएर राजु परियार लाई गाउन दिनुस भने पछी निराश हुँदै बिदेश तिर लागे प्रत्येक्ष दोहोरी मा दखल राख्ने गायक ले ४/५ बर्स बिदेश बसाइ पछि नेपाल आयर ब्यवसाय मा लागे र जिन्दगी को नया अध्याय सुरु गरे बिहे गरे पस्चात उनको साङ्गितिक न्यास्रो मेट्न पछि परेनन र २०७३ सालमा पहिलो गित ईतिहास मा नाम होस भन्नी गित बजार मा लियर आए । झट्ट हेर्दा हिरो झै देखिने उनको ब्याक्तित्व मिलनसार, बोल्ड आवाज, उत्कृष्ट शब्द चयन, फरक म्युजिक कम्पोजिसन उनको विशेषता हो।
अब कुरा गरौ पछिल्लो एल्बम होहो नि माया को बारेमा। नेपाली राजनितिका शिखर पुरुश पुस्पकमल दाहाल कि नातिनी गायिका स्मिता दाहाल सङ्ग आफ्नो आवाज मिसाएका बिमर्शिको उक्त गितमा शब्द/ सङ्गीत दुबै स्वयम् गायक को रहेको छ।एच्बियन किस्मत को सङ्गीत सम्योजन र वान्डिवी रेकर्डिङ स्टुडियो मा रेकर्ड गरियको हो ।सुरेन्द्र बसेल को कोरियोग्राफी/निर्देशन मा बुद्द लामाको छायांकन मा सागर लम्साल ‘बले’ र अदिती हमाल ठकुरी साथै सुमन ज्योती न्यूपाने को दमदार अभिनय रहेको छ।बले इन्टरटेन्मेन्ट युटुब च्यानल बाट सार्नजनिक गरियको भिडियो करिब दुई हप्तामा एखार लाख भन्दा बढी दर्शक को नजर परिसकेको छ।
हेर्नुहोस पूरा भिडियो:-