मान्छे पशु जस्तो ! पशु मान्छे जस्तो ऐतिहासिक गीत बजारमा



व्यावसायिकताको नाममा विभिन्न प्रकृतिको गीतहरु बजारमा आइरहन्छन, जतिसुकै गीतहरु आए पनि वास्तबिक समाजको चित्रण गरिएका सुन्दा हेर्दा आफ्नै कथा जस्तो हामीले देखे भोगेजस्तो आफैं त्यही कथाको पात्र जस्तो लाग्ने “आउन आमा” नामक गीत भर्खरै बजारमा आएको छ।

दिवेन्स पौडेलको प्रस्तुतिमा लोकप्रिय अनि अत्यन्तै मिहिनेती व्यस्त छायांकार/निर्देशक दुर्गा पौडेलले कडा मिहेनत गरेर उक्त गीत बजारमा ल्याएका हुन् । आफ्नो कोखको सन्तान जे-जस्तो भए पनि  प्राण भन्दा प्यारो हुन्छ तर समाज केही त्यस्ता पात्र छन्  जो जवानीको दुरुपयोग गरेर कति शिशु गर्भमै सीमित हुन्छन् | जो धर्ति  टेक्न पाउँदैनन् टेके पनि सन्सार देख्न पाउँदैनन्  | तिनै अबोध धेरै बालबालिकाहरु परिवार बिहीन हुन्छन, अनि बेसाहारा बनेर समाजको घृणित बर्गमा आफ्नो जीवनयापन गर्न बाध्य  हुन्छन् । शिक्षित अनि उच्च कोटीका मान्छेहरु पनि यस्तो कुकर्ममा लागेका प्रशस्त उदाहरण अहिले ज्यूँका त्यूँ छन्  | त्यस्तै वास्तबिक घटनामा एक परिवारमा एक बच्चाको जन्म हुन्छ, छोरी  त्यही माथि  दृष्टिबिहीन जसका बाबु आमाले ती नानीलाई आमाको माया र बुवाको स्वर्गीय काख भन्दा पर नारकीय जीवनमा धकेल्दिन्छन्  । समय अगाडि बढी रहन्छ सोही क्रममा नानी हिड्डुल गर्न सक्ने हुन्छिन् । सडकमै खाने, सडकमै सुत्ने उनको दैनिकी हुन्छ । उनले गीत गाएर हात फिजाउने,आफ्नो खाली पेट भर्ने र जनावरहरु संग दु:खको साथी बनाएर कुकुरहरुलाई खुवाउने र तिनीहरु संगै  निन्द्रामा रम्ने। यस्तै रोचक कथामा गीत  सरर बगेको छ ।

सर्वप्रिय सर्जक रमेश बिजीको मनै रुवाउने कारुणिक शृङ्गारिक शब्दले आँखा भरिन्छभरिन्नछन् । बिजीको शब्दलाई लय चर्चित गायक पशुपती शर्माले भरेका छन भने बालगायिका आयुशा गौतम र चर्चित गायिका शान्तीश्री परियारले कर्णप्रिय  आवाज भरेका छन् ।गीतका सबै पक्ष अब्बल र मजबुत छन्। भिडियोमा खलनायक सुशील पोख्रेल , हाँस्य अभिनेत्री अन्जु महर्जनको जीवन्त अभिनय साथै गायिका आयुसा गौतम , डिसेन्ट पौडेलसबिता पौडेलको समेत अभिनय हेर्न सकिन्छ । दुर्गा पौडेलको निर्देशन र अजय रेग्मी, शिव न्यौपाने, र रोशन श्रेष्ठले  छायांकन गरेको “आउन आमा” लाई नवीन घर्ती मगरले  सम्पादन  गरेका हुन् । उक्त गीत Good Luck Nepal युटुब च्यानलबाट सार्बजनिक भएको हो।

हेर्नुहोस् पूरा भिडियो :-