ज्ञान प्र.भट्टराईको रचनामा अहिलेसम्मकै उत्कृष्ट काङ्ग्रेसि गीत “जय नेपाल”



              कलाकार कुनै पार्टी र ब्यक्तिको निजि हुदैन भन्ने भनाइ छ र बास्तबमा हो पनि , तर पनि एकाध गीत संगीत हरु पार्टी/ ब्यक्ती विशेष हुनु कुनै नौलो कुरा हैन जुन सुकै धर्म ,जाती ,समुदाय , रास्ट्र र पार्टीको आफ्नो इच्छा बमोजिम गाउन लेख्न पाउने कलाकारको नैसर्गिक अधिकार पनि हो।सोही क्रममा पेशागत रुपमा शिक्षक भएतापनी देशका विभिन्न काल खण्डमा थुप्रै राजनीतिक घटनाक्रमको साक्षी बस्दै पुरानो इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेस सम्बन्धित एउटा गित आफ्नो जीवनकालमा पहिलो पटक साभर गरे गितकार ज्ञान प्रसाद भट्टराई ले।
चर्चित गायिका तथा नेपाल सास्कृतिक संघकि कोषअध्यक्ष राधिका हमाल र युवा गायक बाल कुमार श्रेष्ठ को आवाजले सजिएको जय नेपाल नामक गित गायक श्रेष्ठकै संगीतमा तैयार भएको हो नेपाली काङ्ग्रेस को चौधौ महादिवेशन पश्चात् नया कार्यसमिति सङ्गै भिडियोमा आम ओखलढुंगे युवा नेता कार्यकर्ता को बाक्लो उपस्थितमा भिडियो छायांकन गरिएको छ भिडियो सुरेश श्रेष्ठ र गोपाल नेपालिले क्यामेराम कैद गरेका हुन भने बिष्णु शर्मा ले सम्पादन गरेका हुन इनेपाल खबर ले निर्माण गरेको उक्त गित बाल कुमार श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो।
हेर्नुहोस पुरा भिडियो –
https://www.youtube.com/watch?v=xTPfNvwf398