दोलखाली गायक असिम कुमार कटुवाल को “राजा साप” सार्बजनिक ।



दोलखालि गायक   अशिम कुमार कटुवालको प्रस्तुतिमा पछिल्लो समय “राजासाप” बोलको गीत सार्बजनिक भएको छ ।गीतमा अशिम कुमार कटुवाल र देवी खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुरज बुढाथोकीले भरेका हुन् भने शब्द बिनोद ढकालको रहेको छ । पिंडा पछिको खुसीमा सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा महेन्द्र गौतम र अप्सरा कार्की लगाएत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

 

“राजासाप” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन खमेश श्रेष्ठ, कोरियोग्राफी आधुनिक राजले गरेका हुन् भने छायांकन प्रवेश पौडेल र सम्पादन इश्वर जङ्ग खड्काले गरेका छन् । गीतको मिठासतालाई थप गर्न कोरस भोकलको रुपमा सन्तोस सुनाम, भुपेन्द्र पुलामी, बसन्ती लामा र संगीता राईको पनि कर्णप्रिय स्वर मिश्रन रहेको छ ।

 

गायक कटुवाल कै युटुब बाट सार्वजनिक भएको राजा साप को पुरा भिडियो हेर्नुहोस –