काँकडभिट्टा– भानु साहित्यिक प्रतिष्ठानले पत्रकार मुक्ति पौडेललाई ‘भानु पत्रकारिता पुरस्कार प्रदान गरेको छ । जनसंसद दैनिकका सम्पादक पौडेल लामो समयदेखि झापाको पत्रकारितामा क्रियाशील छन् ।
उनलाई आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीको अवसरमा आज २१ हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
प्रतिनिधिसभा सदस्य राम कार्की, प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, संविधानसभा सदस्य रविन कोइराला, प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर प्रमुख विमल आचार्य लगायतले पौडेललाई दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, प्राज्ञ सदस्य शुभद्रा अर्याल, लगायतले मन्तव्य राखेका थिए ।