
शनिश्चरे– झापाको अर्जुनधारा नगरपालिकाले साहित्यकार सरोज ओलीलाई आज ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार’ प्रदान गरेको छ । नगरपालिकाको भाषा, कला साहित्य तथा संस्कृति प्रवर्द्धन समितिले साहित्यकार ओलीलाई पहिलोपटक उक्त पुरस्कार प्रदान गरेको हो ।
आधाशताब्दी लामो समय निरन्तर साहित्य सेवामा जीवन अर्पण गर्नु भएका ओलीलाई ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको समितिकी संयोजक शुशिला सुवेदीले जानकारी दिनुभयो ।
साहित्यकार ओलीसँगै नगरपालिकाले खेल क्षेत्रमा विशेष योगदान गर्ने भगिरथ आले मामा, जितेन्द्र मेचे, नारायण सुब्बा र हेमनारायण चौधरीलाई दीर्घ खेलकुद सेवा पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ छ ।