बाल कुमार श्रेष्ठ काठमाडौ ।
नेपाली गित संगीत को क्षेत्र अहिले अत्यन्तै नाजुक स्थितीमा छ तैपनी कलाकार हरु ले आफ्नो लगानी बालुवामा पानी हालेसरी लगानी गरेकै छ्न सोही क्रममा लोक दोहोरी गायक सिताराम परियार र मेनुका परियार को चल्यो बतास को अपार सफलता पछि भाग २ को रुपमा भर्खरै सार्बजनिक भएको छ।
प्रत्यक्ष दोहोरी गायन मा माहिर गायक परियार लोक दोहोरी जगतमा संभावना प्रचुर भएका र मेहेनती गायक हुन चल्यो बतास सुपर हिट भयपनी तुलनात्मक रुपमा उनको चर्चा खासै भयन गित चल्यो म अलि पछी परेकी भन्नी स्वयं गायक को तर्क छ ।गायिका मेनुका परियार कम समय, उमेर मा सुमधुर आवज मार्फत चर्चा बटुलेकी गायिका हुन उनको आवाज मा जादु नै छ र यो गित मा पनि उत्तिकै न्याय दियर गायकी छिन।
गायक तथा सर्जक गोविन्द पङ्गेनी को शब्द/ सङ्गीत मा तैयार भएको राजारानी को अरेन्ज झलक सङ्गितम ले गरेका हुन भने रेकर्डिङ आलाप स्टुडियो मा गरियको हो । सर्जक पङ्गेनी हरेक विधामा पोख्त छन उन्ले गायका गित हरु पनि उत्तिकै लोकप्रिय बनिसकेका छन खरोमिडिया ले अडियो भिडियो निर्माण गरेको राजारानी को समग्र मा सबै पाटो बलिया छन।भिडियो पनि राम्रो बनेको छ राजकुमार मगर ले निर्देशन गरेको उक्ता गित मा कोरियोग्राफी भने अमर सुनर को रहेको छ , प्रकाश खड्का ले क्यामेरा मा कैद गरेको भिडियोलाइ राज कुमार मगरले नै सम्पादन गरेका हुन ।
हेर्नुस पुरा भिडियो-