सर्बप्रिय सर्जक नवराज पन्तको “हार लाएर जाउ” सार्बजनिक



बाल कुमार श्रेष्ठ, काठमाडौं ।

नेपालि लोक दोहोरिको क्षेत्रमा बौद्दिक ,सफल र सर्बोकृस्ट गीतकार का रुपमा परिचित सर्जक संगीतकार नवराज पन्त को सृजना मा भर्खरै नया गित हार लायर जाउ बजार मा आयको छ ।मायालुको सहरमा मेरो गाउमा घरछ ,डाडै फुर्के सल्लो, पानपाते ठुली ,मिनिबसले लयो ,सालको पातको टपरी हुने लगायत दर्जनौ सुपर हिट सर्जक पन्तको परिचय हुन् ।

लोकदोहोरी कलाकारको उर्बर भुमि बाग्लुंग मा जन्मनु भयका सर्जक पन्त यति बेला सपनाको देश अमेरिकामा हुनुहुन्छ ,प्रवासमा रहेर पनि गित संगीत प्रतिको उनको मोह र निरन्तरता भने कायम छ एक पछी अर्को गित दर्शकलाइ प्रसतुत गर्न माहिर मानिने उहा बिकृति बिसंगति को बिरुद्दमा खरो आवाज उठाउने स्पस्ट निडर र आफ्नो बिचारमा अडिग व्यक्तिको रुपमा चिन्न सकिन्छ ।अब कुरा गरौ आज भर्खरै बजार मा आयको गित को …..

लोकप्रिय संगीतकार तथा एरेन्जर आशिस अविरल को लय , चर्चित गायिका पुर्नकला बिसी र रंजित परियार को स्वर मा सज्जियको उक्त गित राग स्टुडियो मा रेकर्ड गरियको हो ।करण चैसिर को छायांकन ,प्रविन भट्ट को सम्पादन र मौसम हिमाली को निर्देशन/कोरिग्राफी मा तैयार पारीयको भिडियो एकदमै राम्रो बनेको छ , भिडियोमा चक्र बम ,रंजित परियार , जुना सुन्दास, अस्मिता पन्त को शसक्त अभिनय हेर्न सकिन्छ । गित नवराज पन्तकै अफिसियल युटुब बाट सार्बजनिक गरियको छ

हेर्नुस पुरा भिडियो –