परदेशी गायक सुर्य खडका को नया गित चरी बनैमा ले दर्शक को मन जित्द्दै ।



नेपालि लोक दोहोरि क्षेत्रमा बिगत लामो समय देखि अमुल्य योगदान दिदै आउनु भयका गायक सुर्य खड्का  प्रवास मै रहेर पनि निरन्तर लोकदोहोरि गित संगीत मार्फत दर्शक स्रोता माझ छाइरहने गायक हुन् ।कहिले माया पिरती का, कहिले पारिवारिक ,कहिले देश भक्ती गित हरु उहाका असंख्य छन् र प्राय सबै लोकप्रिय पनि बनेका छन् ।सोहि क्रम मा भर्खरै नया गित चरी बनेमा मार्फत दर्शक माझ आयका छन् ।

 

बिसुद्द माया प्रेम मा आधारित चरी बनैमा नामक गित छोटो समयमा दर्शको नजर मा परेको छ सुर्य खड्का कै लय शब्द मा सिर्जित उक्त गित मा आवाज मा गायिका सिता श्रेष्ठ को साथ् छ मालश्री  स्टुडियो मा रेकर्डेड गित मा एरेन्ज योगेश  काजीको रहेको छ ।भिडियोको निर्देशन र छायान्कान पाटो दुर्गा पौडेल ले सम्हालेका छन् भने स्वयम् गायक खडका ,साया भण्डारी र निक्स शर्मा को दमदार अभिनय हेर्न सकिन्छ भने भिडियो सम्पादन प्रकास धमला ले गरेका छन् साथै कलारिंग बिकास ज्ञवाली को रहेको छ ।

सुर्य खड्का को आफिसियल युटुब च्यानल बाट सार्बजनिक भयको गित मा दर्शक को प्रतिक्रिया उलेख्य मात्रा मा सबै  सकारात्मक छन् हेर्नुहोस पुरा भिडियो –