वरिष्ठ नेता खनालको उपचार खर्च व्यहोर्ने एमाले निर्णय



बिर्तामोड– नेकपा एमालेले आफ्नो पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको एमाले बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।

अस्वस्थ भएपछि वरिष्ठ नेता खनाल भारतको नयाँदिल्लीस्थित एपाेलाे अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । बैठकले नेता खनालको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।