
झापा– नेपाली कांग्रेसका क्रियाशील सदस्य आठ लाख नाघेका छन् । १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले क्रियाशील सदस्य विस्तार गरेको हो । यसअघि कांग्रेसका क्रियाशील सदस्य साढे चार लाखको हाराहारीमा थिए ।
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको थियो । सदस्यता विवाद टुंगिएको जनाउँदै कांग्रेसले क्रियाशील सदस्यको संख्या आठ लाख नाघेको जनाएकाे हो । कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या शतप्रतिशत बढाएको छ ।
क्रियाशील सदस्यता दिने सन्दर्भमा कांग्रेसले उमेर समूह पनि मिलाएको छ । ४० वर्षमुनिका क्रियाशील सदस्यको संख्या कांग्रेसमा झण्डै तीन लाख पुगेको छ । १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्यकाे संख्या ४१ हजारको हाराहारीमा छ ।