
बिर्तामोड– जनता समाजवादी पार्टीका शीर्ष नेताबीच पार्टी फुटाउने विषयमा सहमति जुटेको छ । जनता समाजवादीका दुवैपक्ष पार्टी विभाजनका लागि सहमत भएका हुन् ।
आज निर्वाचन आयोगमा भएको छलफलमा जनता समाजवादीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष पार्टी विभाजन सम्बन्धी प्रक्रियामा अगाडि जान सहमत भएका छन् । यसअघि यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनता समाजवादी पार्टीको विवाद समाधान हुन नसकेको बताउनुभयो । आपसी सहमतिका आधारमा विवाद नटुंगिएपछि विभाजनको प्रक्रिया शुरु हुने देखिएको हो ।
यादव पक्षको निवेदनमाथि छलफल गर्न आयोगले बोलाएको बैठकमा दुवै पक्ष पार्टीे एकताका लागि तयार नभएपछि आयोगको प्रक्रिया अनुरुप आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेका छन् ।