सांसद तथा लोकप्रिय गायिका कोमल ओली र पशुपति शर्माको आवाज रहेको नयाँ गीत



काठमाण्डौ – सांसद तथा लोकप्रिय गायिका कोमल ओली र पशुपति शर्माको आवाज रहेको नयाँ गीत धन्यवाद भर्खर मात्र सार्वजनिक भएको छ ।

पशुपति शमाको लय तथा शब्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई पशुपतिले कलात्मक रुपमा गीतमा उठाएका छन । गीतको मेसो भने इनेपाल खवरले जुराएको हो । ओली र पशुपति शर्माको सहकार्यलाई दर्शक स्रोताहरुले पनि उत्कृष्ट गीत भएको प्रक्रिया दिएका छन । अहिलेका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको सो गीतमा पशुपति शर्मा र प्रिती आलेले अभिनय गरेका छन । गीतलाई इनेपाल खवरको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।