
बिर्तामोड (विवेचना)- आफ्नो जन्मदिनलाई सधैँ उत्सवका रुपमा मनाउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक जन्मदिन नमनाउने भएका छन् । कोरोना संक्रमण र बाढी पहिरोका कारण जनता पीडामा परेका बेला जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको पूर्वराजाले जनाएका हुन् ।
असार २३ गते पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन हो । जनतामा पैदा भएको निरासा तथा भोग्नुपरेको पीडालाई ध्यानमा राखेर जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको पूर्व राजाद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा उनले राजनीति, राज्यप्रणाली संकट र अन्योलको अवस्थामा रहेकाले जनताको मन अशान्त रहेको जनाएका छन् । कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश भएको पनि पूर्वराजाको विज्ञप्तिमा जनाइएको छ ।