भद्रपुर(विवेचना)– झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सञ्चालक समितिमा थप पाँचजना मनोनित भएका छन् । सरकारले विभिन्न क्षेत्रबाट पाँच जनालाई समितिमा मनोनयन गरेको अस्पताल विकास समितिले जनाएको छ ।
समितिमा मनोनित हुनेहरुमा लक्ष्मण पोखरेल (भद्रपुर), जानुका दाहाल (हल्दीवारी), लक्ष्मण पाठक (बाह्रदशी), शान्ता रोक्का (बिर्तामोड) र प्रकाश अधिकारी (दमक) छन् ।
समितिका संयोजक सोमनाथ पोर्तेलले मनोनित सदस्यलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई तथा शुभकामना दिनु भएको छ ।