बिर्तामोड (विवेचना)- झापाको मेचीनगर-१३ का वडाध्यक्ष कृष्णराज सिग्देलमाथि कुटपिट भएको छ । चारआलीका १२ वटा घर डुबानमा परेको विषयमा विवाद हुँदा सिग्देलमाथि कुटपिट भएको हो । शुक्रबार दिउँसो बर्षाका कारण चारआलीका ती घर डुबानमा परेका थिए ।
डुबानमा परेका घरलाई जोगाउन जेसीवी लिएर पुगेका बेला स्थानीय अर्जुन थेबे र उनकी दिदी आशाले कुटपिट गरेकाे वडाअध्यक्ष सिग्देलले बताएका छन् । कुटपिट गर्न थालेपछि आफूले भागेर ज्यान जोगाएको उनले बताए ।
सिसि क्यामेराको फुटेजमा पनि वडाध्यक्षलाई अर्जुन र उनकी दिदी आशाले हातपात गरेको देखिएको छ । प्रहरी चौकी चारआलीका प्रमुख भीम श्रेष्ठले पनि थेबे र उनकी दिदी वडाध्यक्षमाथि हातपात गरेको जानकारी दिएका छन् ।
थेबेले भने आफूलाई वडा अध्यक्षले इटाले टाउकामा प्रहार गरेको दाबी गरेका छन् । वडा अध्यक्ष सिग्देलले भने आफूले कसैमाथि आक्रमण गरेको दाबी गरे ।